३ कार्तिक २०८३, मंगलबार

नुवाकोटका जीवन नेपालीले गरे श्रीमतीको हत्या, प्रहरीद्वारा पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, १४ पुस । नुवाकोटका जीवन नेपालीले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

हत्या गरेर फरार रहेका नुवाकोटको ओखरपौवा–१ घर भई हाल बाराको निजगढ नगरपालिका–२ बस्ने ५३ वर्षीय नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सिता नेपालीको शव पुस ९ गते फेला परेको थियो ।

अनुसन्धानको क्रममा जीवन र सीता पनौती बेथानचोक एरियामा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको, उनीहरुबीच आर्थिक कारोबार सम्बन्धमा बादबिवाद हुने गरेको र गत मंसिर २३ गते काभ्रेपलाञ्चोक पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीसँगै हिँडेपछि बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा रातको समयमा पुगी सितालाई जिवनले हात तथा लात्तीले प्रहार गरी हत्या गरेर फरार रहेको खुल्न आएको प्रहरीले बताएको छ ।

घटनापश्चात सम्पर्कमा नरही फरार रहेका उनलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।