८ कार्तिक २०८३, आइतबार

रामचन्द्र पौडेलले चुनावको विरोध गर्नुको रहस्य खुल्यो, गृहजिल्लामै कार्यकर्ताले पत्याएनन्

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, १४ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी कार्यक्रममा करीव तीन सय कार्यकर्ताहरू मात्रै सहभागी भएपछि गृहजिल्ला तनहुँमा खासखुस शुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरोधमा सोमबार तनहुँ कांग्रेसले दमौलीमा विरोध कार्यक्रम राखेको थियो । विरोध कार्यक्रममा सहभागी नेता पौडेलले थोरै सहभागिता देखेपछि जिल्लाको पार्टी नेतृत्वसँग अनुसन्तुष्टि जनाएको एक नेताले बताएका छन् । कार्यक्रममा राखिएका अधिकांश कुर्सीहरू पनि खाली थिए ।

कार्यक्रममा सहभागी हुन आउने थाहा पाएपछि तनहुँ कांग्रेसका नेताहरूले पौडेललाई फोन गरेर ‘नआउनुस्’ भनेर आग्रह गरेका थिए । तर, पौडेल विरोध सभालाई सम्बोधन गर्न सोमबार दमौली पुगेका थिए ।

पौडेल विरोध सभामा सहभागी हुँदा ४–५ हजार कार्यकर्ताहरूको सहभागिता हुन्छ कि भन्ने धेरैको अनुमान थियो । कांग्रेसका कार्यकर्ताहरू मुस्किलले ३ सय मात्रै उपस्थिति भएपछि तनहुँ कांग्रेसमा खासखुस भएको हो ।

चुनावमा पराजित हुने डरले पौडेलले संसद पुनःस्थापनाको माग गर्दै आएको आरोप लागेका बेला उनको कार्यक्रममा मान्छेको कम उपस्थिति देखिएको छ ।

विरोध सभालाई सम्बोधन गर्न वरिष्ठ नेता पौडेलका साथै केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी, गोविन्द भट्टराईलगायतका नेताहरू आएका थिए । विरोध सभामा थोरै कार्यकर्ता देखेपछि शुरुमै सम्बोधन गरेर काम छ भनेर केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भण्डारी हिँडेका थिए ।

संसद पुनःस्थापनाको माग गर्दै आएका नेता पौडेलले नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहको एजेण्डलाई साथ दिँदै आएका छन् । प्रचण्ड–माधव वा केपी ओली नेतृत्वको कुनै पनि कम्युनिस्टसँग सहकार्य गरेर जान नहुने दवाव छ ।

वैशाखमा चुनाव गर्न दवाव दिएर जानुपर्ने पक्षमा सभापति शेरबहादुर देउवा छन् । कांग्रेसमा बहुमत सदस्य र कार्यकर्ताहरू निर्वाचनको पक्षमा छन् ।

संसद पुनःस्थापना भयो भने ओली र प्रचण्ड–माधव नेपाल समूहका कम्युनिस्टहरूनै पहिलो र दोस्रो हुनेछ । कांग्रेसको पोजिशन तेस्रो हुनेछ ।

प्रचण्डले आफ्नो अन्तर्वार्तामा संसद पुनःस्थापना भयो भने कांग्रेस तेस्रो पार्टी हुन्छ भने निर्वाचन भयो भने पहिलो पार्टी हुन्छ भनेर सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।