
काठमाडौं, १४ पुस । हिजो सोमबार एकै दिन प्रतितोला ७०० रुपैयाँले बढेको सुनको मूल्य आज मंगलबार ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको बताएको छ । यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य ओरालो लागेसँगै चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।
त्यसअघि आइतबार सुनको मूल्य मूल्य स्थिर रहँदै प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया