शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नायिका पायल घोषको यौन शोषणको मुद्धा अगाडि बढेन

दैनिक नेपाल २०७७ पुष १४ गते १०:४१

मुम्बई । बलिउड नायिकाबाट राजनीतिमा प्रवेश गरेकी अभिनेत्री पायल घोषले गत सेप्टेम्बरमा निर्देशक अनुराग कश्यपलाई यौन शोषणको आरोप लगाएकी थिइन् । यसको अलवा अनुरागविरुद्ध वर्साेवा पुलिस थानामा एफआईआर समेत दर्ता भएको थियो ।

एफआइर दर्तापछि पुलिसले अनुरागलाई थानामा बोलाएर सोधपुछ समेत गरेको थियो । पायल भने पुलिसको अनुसन्धानबाट अहिले खुसी छैनन् । हालै उनले एक ट्वीटमार्फत पुलिसले अनुसन्धान ढिलो गरेको आरोप समेत लगाएकी छन् । पायलले ट्वीटमा लेखेकी छन्, ‘४ महिना भएको छ । मैले प्रमाण दिएपनि अनुरागबिरुद्ध केही एक्सन लिइएको छैन । के अनुसन्धान अगाडि बढाउन म मर्नुपर्छ ?’

पायलले फेरि अर्काे ट्वीट गरेकी छिन् । जसमा लेखिएको छ ‘धेरै समय बितिसकेको छ । मुम्बई पुलिसले राम्रो परिणाम दिन सकेन । मेरो दिलबाटै अनुरोध छ । यो एक महिलाको मामला हो । हामी के उदाहरण पेश गर्दैछौ भनेर ध्यान राख्नुपर्छ ।’

पायलले गत सेप्टेम्बर २०२० मा ट्वीटमार्फत अनुरागलाई यौन शोषणको आरोप लगाएकी थिइन् । २०१३ मा अनुरागले आफ्नो घरमा बोलाएर यौन शोषण गरेको पायलको आरोप रहेको थियो । त्यसपछि १ अक्टुबर २०२० मा अनुरागलाई पुलिसले सोधपुछ गरेको थियो ।

सोही क्रममा अनुरागले आरोप झुटो भएको बताएका थिए । सोधपुछको क्रममा अनुरागले भनेका थिए, ‘पायलले जुन घटनाको कुरा गरेकी छिन् । त्यो समय उनी आफ्नो फिल्मको कामका लागि श्रीलंकामा थिए ।’ एजेन्सी

प्रतिक्रिया
सम्बन्धित