७ कार्तिक २०८३, शनिबार

भारतले प्याज निकासीको प्रतिबन्ध हटायो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १४ पुस । भारतले प्याज निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबारदेखि यसअघिको नीतिमा संशोधन गर्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो  । भारतले करिव चार महिनादेखि प्याजको निकासीमा प्रतिबन्ध लगाउँदै आएको थियो । भारतले रोक लगाएपछि नेपालमा प्याजको मूल्य वृद्धि हुनुका साथै अभाव भएको थियो ।

‘१ जनवरी २०२० शुक्रबारदेखि लागू सबै जातका प्याजको निर्यात खुला गरिएको भारतको मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा सोमबार जारी परिपत्रमा उल्लेख छ  ।

नेपालमा भारतबाट मात्र वार्षिक ३ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ ।