३ कार्तिक २०८३, मंगलबार

बलिउड सुपरस्टार सलमानको जन्मोत्सव काठमाडौंमा सेलिब्रेट, भुवन र सुष्माले काटे केक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको ५५औं जन्मोत्सव काठमाडौंका पनि सेलिब्रेट गरिएको छ ।

नायक खानले सञ्चालन गरिरहेको ‘बिइङ ह्युमन’को नेपाली फ्रेञ्चाइज संस्थाले जन्मोत्सव सेलिब्रेट गरेको हो । विइङ ह्यूमन क्लोथिङ नेपालको आयोजनामा दरबारमार्गस्थित किङ्ग्स लाउञ्जमा केक काटेर सलमानको जन्मदिन सेलिब्रेट गरिएको हो ।

उक्त अवसरमा नायक भुवन केसी, नायिका सुष्मा कार्की, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकारलगायत कलाक्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

नायक भुवन केसी, सुष्मा कार्की, प्रशान्त ताम्राकारसहित कलाकारसँगै आयोजकहरूले पनि एकैसाथ केक काटेर सलमानको जन्मदिन मनाएका छन् । कार्यक्रममा सलमान खानको कलाकारिता यात्रासँगै सामाजिक क्षेत्रमा गरिरहेको योगदानको चर्चा गरिएको थियो ।

नायक भुवन केसीले कला क्षेत्रमा लाग्नेहरूका लागि सलमान खान प्रेरणाका स्रोत भएको बताए । कार्यक्रममा गायक–गायिकाहरूले नायक सलमान खानले अभिनय गरेका चलचित्रका एक दर्जनभन्दा बढी गीत प्रत्यक्ष रूपमा गाएका थिए ।

बालबालिकालाई खाद्यान्न वितरण

विइङ ह्यूमन क्लोथिङ नेपालले बलिउड नायक सलमान खानको जन्मदिनको अवसरमा सीडीएनए संस्थासँगको सहकार्यमा आइतबार काठमाडौंको कपनस्थित शारीरिक रूपमा अपाङ्गता भएका बालबालिका रहेका बालगृहलाई ४५ हजार रूपैयाँ बराबरको खाद्य सामग्री प्रदान गरेको छ ।

विइङ ह्युमन क्लोथिङ नेपालको मातृ संस्था नवसमृद्धि इन्टरप्राइजेजका निर्देशक सुरज केसीले नेपालमा रहेका सलमान खानका फ्यानहरूलाई उनले गरेको सामाजिक कार्यको पाटो प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

‘विश्वव्यापीकरणसँगै धेरै देशका उत्पादनहरू नेपालमा आइपुगेको परिदृश्यमा हामीले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरिरको विइङ ह्युमनको फेञ्चाइज ल्याएका हौं’, केसीले भने, ‘हाम्रो उद्देश्य पनि सामाजिक र आर्थिक रूपान्तरणमाथि नै केन्द्रित छ ।’

केसीले नायक सलमान खानलाई नेपाल ल्याउन पहल गरिएको उल्लेख गरे । ‘गत वर्षको मे महिनामा सलमान खान नेपाल आउने निश्चित भएको थियो, तर विविध कारण रोकियो, आशा छ, भविष्यमा हामी उहाँलाई नेपाल ल्याउन सफल हुने छौं’, केसीले भने ।