
काठमाडौं, १३ पुस । विगत १६ दिनदेखि आन्दोलतरत उखु किसानहरुको आन्दोलन स्थगित भएको छ ।
सोमबार सरकारसँग ४ बुँदे सम्झौता भएसँगै उनीहरुले जारी आन्दोलन तत्कालका लागि स्थगित गरेका हुन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिवद्धता जनाएको छ ।
वार्तामा उद्योगीको बैंक खाता रोक्का गर्ने, यात्रामा प्रतिबन्ध लगाउने र २१ दिनभित्र सबै रकम भुक्तानी नभए जायजेथा राज्यले लिएर किसानलाई पैसा दिने समझदारी भएपछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
सम्झौतासँगै अब चिनी मिलसँग उखु किसानहरुको बक्यौता उठाउने जिम्मा मन्त्रालयको काँधमा पुगेको छ । साथै उखु किसानका अन्य समस्या समाधान गर्न अध्ययन कार्यदल गठन गर्ने सहमति पनि भएको छ ।
हेर्नुहोस् सहमतिपत्र–
















प्रतिक्रिया