३ कार्तिक २०८३, मंगलबार

सभापति देउवाले भने– अदालतमा विचाराधीन मुद्दामा कांग्रेस बोल्ने कुरै छैन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनबारे अदालतमा मुद्दा विचाराधीन रहेका कारण कांग्रेसले केही नबोल्ने बताएका छन् ।

यद्यपि, उनले प्रतिनिधिसभा विघटन गर्ने कदम गलत भएको बताएका छन् । तर, अदालतमा पुगेको मुद्दालाई प्रभावित हुने गरी कांग्रेसले केही नगर्ने देउवाको भनाइ छ ।

संसद् विघटनको विरोधमा कांग्रेस भक्तपुर क्षेत्र नं २ ले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अदालत स्वतन्त्र निकाय भएकाले उसको विश्वास गर्नुको विकल्प नभएको पनि बताएका छन् ।

‘कांग्रेसले अदालतको निर्णय कुरिरहेको छ’, देउवाले भने, ‘निर्णय आएपछि कांग्रेसले के गर्नु पर्ने हो त्यो गर्छ । तर अहिले नै हाम्रो बोल्ने कुरै छैन ।’ पक्ष वा विपक्षमा जस्तो निर्णय दिए पनि सर्वोच्चको निर्णयलाई कांग्रेसले आत्मसात गर्ने देउवाको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि कांग्रेसले आज देशैभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

सरकारले यही पुस ५ मा राष्ट्रपतिमार्फत प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते नयाँ निर्वाचन मिति घोषणा गरेको छ ।