आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

लक्ष्मी बैंकद्वारा डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न भिडियो प्रतियोगिता

दैनिक नेपाल २०७७ पुष १३ गते १७:००

काठमाडौं, १३ पुस । लक्ष्मी बैंकले ‘डिजिटल डिसेम्बर’ अभियान अन्तर्गत ‘डिजिटल बैंकिङ’ का विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।

यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ सेवासम्बन्धी सिर्जनात्मक भिडियो तयार गरी पठाउनु पर्ने छ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सिर्जनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई रू. ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार प्रदान गरिने बैंकले बताएको छ ।

एक महिने यो अभियान ‘डिजिटल डिसेम्बर’को माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा ‘इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ’ जस्ता डिजिटल विकल्पहरुलाई अपनाउने रुचिको अभिवृद्घि गर्ने व्यापक प्रयास गरेको छ ।

लक्ष्मी बैंकको मोबाइल मनी एप गुगल प्ले स्टोर र एप्पल स्टोरमा उपलब्ध छ ।

माइ मोबाइल मनी लक्ष्मी बैंकको क्राउडसोसिङमा आधारित दोस्रो प्रतियोगिता हो । यसअघि बैंकले सञ्चालन गरेको डेबिट कार्डको डिजाइनिङ प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त भएको थियो ।

बैंकले प्राप्त सुझावहरुलाई समेटेर डेबिट कार्डको डिजाइनमा समावेश गरेको छ । ग्राहकहरुलाई आफ्नो रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्न यस्ता अभियानहरु निरन्तर सञ्चालन गर्ने बैंकको उद्देश्य रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित