
कपिलवस्तु, १३ पुस । भन्सार छली गरेर ल्याइएको युरिया मलसहित कपिलवस्तुबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शिवराज नगरपालिका–७ बेउवाका ३४ वर्षीय भगवती प्रसाद कहारलाई ५८ बोरा युरिया मलसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट खटीएको प्रहरीले लु. १ त १४२५ नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा करिब ४६ हजार ४०० रुपैयाँ बराबरको उक्त मल फेला पारी ट्याक्टरसहित उनलाई पक्राउ गरेको बताइएको छ ।
बरामद मल ट्याक्टरसहित भन्सार कार्यालय कृष्ण नगरमा बुझाइएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया