३ कार्तिक २०८३, मंगलबार

जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १३ पुस । मिथिला नगरपालिका–९ बडहरीस्थित सडकमा ज. ३ प ८१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जा पैदलयात्री पुरुषको मृत्यु भएको छ ।

मृतकको नाम, थर, वतन नखुलेको प्रहरीले बताएको छ । मृतक अन्दाजी ६५ वर्षका छन् ।

सोमबार ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि मोडेल अस्पताल लालगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक महोत्तरी एकडारा गाउँपालिका–३ का ४२ वर्षीय रामजीवन प्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी बताएको छ ।