शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

हेर्दा हेर्दै घर गर्लम्म ढल्यो !

नेत्र पौडेल २०७७ पुष १३ गते १४:५१
नेत्र पौडेल

नेत्र पौडेल, नेकपा धादिङका जिल्ला अध्यक्ष

सुन्दर र पक्की घर निर्माण गर्ने दृढ़ अठोटका साथ धेरै नवजवानहरू बर्षौंदेखि अहोरात्र खटे ।

कसैले काठ काटे, कसैले ढुंगा जुटाए, कसैले इँट्टा बनाए, कसैले रड र सिमेन्टको जोहो गरे, कतिले कर्मी कामको तालिम लिए, कतिले सेनिटरी सामान ल्याए ।

सबै सामान एक ठाउँमा जम्मा भयो प्राविधिक ईस्टमेट गरियो सबै सामानबाट एउटै घर बनाए कम्पाउन्ड वालसहित सुरक्षित र बलियो घर बन्ने तर धेरै घर बनाउन खोजे सबै अधुरो हुने निष्कर्ष आयो ।

सबै सामग्री एउटै घरका लागि लगाउने निर्णय भयो । सोचे जस्तै कम्पाउण्ड वालसहितको घर निर्माण भयो । सबै अगुवाहरूले आ–आफ्नो कोठा लिए ।

श्रमिकहरूको थाकथलोको टुंगो लाग्दै थियो । कोठा रोजी सकेकाले एक अर्काको कोठा हेरे आफ़्नो भन्दा तिम्रो राम्रो र सुबिधासम्पन्न रहेछ साटफेर गर्नु पर्यो भन्ने विबाद शुरू गरे ।

सबै आ–आफ़्ना अडानमा डग्मगाएनन् । सबै अगुवा गल बोकेर घरको चार सुरमा पुगे । बिना मुलाहिंजा जगको ढुंगा निकाले । हेर्दा हेर्दै घर गर्लम्म ढल्यो ।

अब फेरि नयाँ अलग–अलग घर बनाउन लडेका घरका काम लाग्ने सामान क़सक़सले जम्मा गरेको हो आ–आफ्नो पट्टी थूप्रो लगाउने होड़ शुरू भएको छ । त्यो तानातानमा अझै कति सामान नस्ट हुने हुन कुनै ठेगान छैन ।

मन दुःखेको छ, अहिलेसम्मको दुःख समाप्त भएको छ । फेरि अर्कों घर निर्माण गर्न मनले कत्ति पनि मानिरहेको छैन ।

घर नबनाए ओडारको बास हुने क़ुरा राम्ररी बुझेको छु । तर मन बरू तेसै गर्न घर लडेकै दिनदेखि तयार थियो । आजसम्म मनलाइ अन्तिम निर्णय लिने मौक़ा दिएँ । अन्तिम पटक पनी मनले भन्यो बरू ओडारमा बस । फेरि पनि घर भत्काउने गलहरु सुरक्षित छन् तर, तेरो श्रमको सुरक्षित हुने कुनै ग्यारेन्टी छैन ।

जब मन नै अगाडि लाग्दैन भने तनमात्र लिएर हिँड्नु मन हुनेका लागि पनि घातक हुन्छ ।

नयाँ घर बनाउने जिम्मा नयाँ पुस्ताको काँधमा छाड्दै यो अभियानबाट अलग रहने निर्णय गरे । आफ्ना सहयात्रीहरूसँग नाई÷हुन्न भन्न नसक्ने कमजोरीका कारण क़ेही समय सम्पर्कबाहिर हुने छु । यस विषयमा सम्मझाउने क़ुरा गरेर समयको बर्बादी नगरी आ–आफ्नो योजनामा लाग्नु होला ।

राजनीतिक सहयात्राको दौरान साथ सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गर्दै अन्य सामाजिक यात्रामा भेट हुने नै छ । यस निर्णयले कसैको भावनामा चोट पुगेमा क्षमा प्रार्थी छु…

(नेकपा धादिङका जिल्ला अध्यक्ष पौडेलले नेकपा फुटका कारण राजनीतिबाट सन्न्यास लिएको घोषणा गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस ।)

प्रतिक्रिया
सम्बन्धित