सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

मनकामना केबुलकार बन्द हुने

दैनिक नेपाल २०७७ पुष १३ गते १०:३६

मुग्लिन, १३ पुस । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो ।

यही पुस १४ गते मंगलबारदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गएको मंसिर २८ गतेदेखि पुनः सञ्चालनमा आएको थियो ।

सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढि भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनले बताए ।

यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत मर्मतसम्भारको समय तालिकामा अनिवार्य सेवा बन्द गरि मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको उनको भनाइ छ ।

नियमित मर्मतसम्भारपछि पुस २१ गते मङ्गलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित