शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

टेक्ससमा नेपालीद्वारा घरबार बिहीनलाई कम्बल वितरण

दैनिक नेपाल २०७७ पुष १० गते ९:१०

विजय थापा

डिसी महानगर क्षेत्र । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपालीद्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले अमेरिकाको टेक्सासमा कम्बल वितरण कार्यकम भब्यताको साथ सम्पन्न गरेको छ ।

यस बर्ष सहित एचडिएनपीले तेश्रो पटक कम्बल वितरण गर्न सफल भएको छ । कम्बल वितरण कार्यक्रम टेक्ससको फोर्ट वर्थ युनिटी पार्क(उद्यान)मा गरिएको थियो ।

कार्यक्रममा करिव ३ सय कम्बल गरिएको छ भने आगामी जनवरी ३ का दिन अझ २ सय कम्बल वितरण गरिने जानकारी संस्थापक तथा अध्यक्ष देवी डेविड आचार्यले बताए ।

आगामी कार्यक्रम भने टेक्ससको ड्यालसको लिभिङ्ग वर्ल्ड हार्भेस्ट -मेन्स होम नाक स्थानमा हुने छ । आज नै कम्बल वितरण कार्यक्रम उक्त स्थानमा २:३० राखिएता पनि स्थान बन्द भएकोले जनवरीमा सारिएको हो ।

एचडिएनपी अन्तरराष्ट्रियले सहयोग गर्ने र स्वयम् सेवक रुपमा खटिनेलाई धन्यवाद दिएको छ । एचडिएनपीको तर्फबाट रतु अदिल, कोरी कालवे, जाचरी स्मिथ, म्याथ्यु स्मिथ, जुली स्मिथ, ग्लोरिया माथुर, बिनोद माथुर, फैजखान, सरोज सिग्देल, गणेश लोहनीलाई बिशेष धन्यवाद दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित