३ कार्तिक २०८३, मंगलबार

केपी ओलीसँगको लडाईं चानचुने हुनेवाला छैन : प्रचण्ड

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको यो लडाईं चानचुने नहुने बताएका छन् ।

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बिहीबार उनले सो कुरा बताएका हुन् । ‘इतिहासका विभिन्न कालखण्डमा जनताका अधिकारका लागि विभिन्न प्रकारका संघर्ष गरियो’, प्रचण्डले भने, ‘यो पटकको लडाई चानचुने हुनेवाला छैन ।’

उनले संविधान विपरीत गएर प्रतिनिधिसभा विघटन गर्ने, जनताको अधिकार खोस्ने कदमकाविरुद्ध कानूनी लडाई र त्यसले नभए सडक संघर्ष गर्ने उद्घोष समेत गरेका छन् । ‘जनताको अधिकार रक्षाका लागि जुनसुकै कदम चाल्न म तयार छु’, उनले बैठकमा भने ।

सात दशक लामो संघर्षको परिणामस्वरुप जनताले संविधानसभामार्फत बनाएको संविधानलाई कसैले अपहरण गर्ने दुस्साहस नगर्न चेतावनी दिँदै उनले संघीयता जोगाउन आफूहरुको पहलकदमी जारी रहने बताएका छन् ।