
काठमाडौं, ९ पुस । गृहमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नेता रामबहादुर थापा ‘बादल’ले नेकपाबाट एउटा गुट बाहिरिएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीबार बसेको नेकपा केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै थापाले प्रचण्ड–माधव पक्षलाई एउटा गुटको संज्ञा दिँदै सो गुट अलग भएको टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्रीले ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै तटस्थ बसेका बादल पार्टी संस्थापन पक्षमै फर्किएपछि आज उक्त बैठकलाई सम्बोधन गरेका हुन् ।
उनले आगामी निर्वाचनमा नेकपाले दुई तिहाई बहुमत ल्याउने दाबी समेत गरेका छन् ।















प्रतिक्रिया