
काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जामन्त्री बनाउने तयारी गरेका छन् ।
प्रचण्ड–माधव नेपाल समूह छाडेर पार्टीमा फर्किएका तत्कालिन माओवादी नेता टोपबहादुर रायमाझीलाई ऊर्जामन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।
अर्घाखाँची–१ बाट तत्कालिन वामगठबन्धनको तर्फबाट सांसद चुनिएका रायमाझी प्रधानमन्त्री ओलीले सांसद विघटन गरेसँगै ओलीको समर्थनमा देखिएका हुन् । उनलाई आजै वा भोलिसम्ममा उर्जामन्त्रीको सपथ गराउने तयारी रहेको स्रोतको भनाइ छ ।
‘रामबहादुर थापा प्रचण्ड समूहतर्फ लागे रायमाझीलाई गृहमन्त्री बनाउने तयारी भए पनि रामबहादुर थापा समेत पार्टीमै बस्ने निर्णयमा पुगेपछि रायमाझीलाई ऊर्जामन्त्री बनाउन लागिएको हो ।
यसअघि ऊर्जामन्त्रीमा वर्षमान पुन ‘अनन्त’ थिए । उनले मन्त्री पदबाट राजीनामा दिएर प्रचण्ड–माधव समूहलाई सघाइरहेका छन् ।
रामबहादुर थापा गृहमन्त्री हुन् । ओलीको कदमसँगै असन्तुष्ट केही मन्त्रीले राजीनामा दिए पनि थापाले राजीनामा दिएका थिएनन् ।















प्रतिक्रिया