७ कार्तिक २०८३, शनिबार

नबिल बैंक र डोटीको सायल गाउँपालिका तथा बैतडीको पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ पुस । नबिल बैंक लिमिटेडले स्थानिय बासिन्दाको आर्थिक गतिविधिमा सहयोग पुर्याउने उदेश्य अनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखामार्फत स्थानिय निकायसँग समन्वय गरि साना तथा मझौला व्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पुर्याउनको लागि स्थानिय निकायसँग सम्झौता गरेको छ ।

सोही उदेश्य अनुरुप पुस ५ गते डोटीको सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र पुस ६ मा बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसँग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दबीच एम.ओ.यु मा हस्ताक्षर सम्पन्न भयो ।

कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यवसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिती थियो ।

उक्त कार्यक्रममाथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिकाअनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पूर्ण कर्जाको माध्यमबाट स्थानीयको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारे ।

गाउँपालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरखबहादुर चन्दले, बैंक र गाउँपालिकाबीचको सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गरे ।

सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा व्यक्त गरे ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु सँगै अघि बढ्ने विश्वास राखेको छ ।