शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

फोर्डको २०२१ संस्करण २०२० कै मूल्यमा वुकिङ्ग खुल्ला

दैनिक नेपाल २०७७ पुष ८ गते २१:०८

काठमाडौँ, ८ पुस । जी.ओ.अटोमोवाइल्स् प्रा.लि.(जी.ओ.) फोर्ड गाडीको नेपालको लागि आधिकारिक विक्रेताले हालै फोर्डको २०२१ संस्करण २०२० कै मूल्यमा वुकिङ्ग खुल्ला गरेको थियो ।

क्रिसमसको उपलक्ष्यमा लविम मलले हरेक वर्षझै गर्ने हर्षोल्लासमय पर्वमा फोर्डले सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहक वर्ग माझ बाँड्ने भएको छ ।

साथै यस उत्सवमा फोर्डको २०२१ सँस्करण गाडी २०२० मूल्यमा बूकिङ्गको व्यवस्था पनि गरिएको छ । ग्राहकवर्गको सुविधालाई ध्यानमा राखीफोर्ड इकोस्पोर्ट र फोर्ड फ्रिस्टाइलको टेष्ट ड्राइभको पनि व्यवस्था गरिएको छ ।

यस उत्सवमा ग्राहकहरुले विभिन्न अद्भुत र आश्चर्यजनक खेल, प्रतियोगिताहरुको साथै यसपाली अलि फरक किसिमको सान्तासँग अन्तरक्रिया गर्ने मौका पनि प्राप्त गर्न सक्ने छ । पहिलादेखि नै हामीले सान्तालाई रातो र सेतो पहिरणमा देख्दै आइरहेको छाैँ भने यसपाली लविममा सान्ता नीलो र सेतो पहिरनमा हुनेछ ।

प्रदशर्नी तथा टेष्ट ड्राइभ

सो उत्सवमा ग्राहकवर्गले आफ्नो छनौटको फोर्ड गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने सुविधाको पनि व्यवस्था गरिएको छ तथा फोर्ड विक्री प्रतिनिधिले इच्छुक ग्राहक वर्गको लागि विभिन्न फोर्ड गाडीको प्रदर्शन गर्नेछन् । साथै २०२१ संस्करण फोर्ड गाडीको २०२० मूल्यमा वुकिङ्गको पनि व्यवस्था गरिएको छ ।

फाेटो प्रतिस्पर्धा

कम्पनीको डिजिटल प्रचार अन्र्तगत उत्सवमा सहभागीहरुले तल्लो फ्लोरमा रहेको क्रिसमस ट्री (एलजी टी) सँगै फोटो खिची आफ्नो सोसियल मिडिया (पब्लिक पोष्ट) मा निम्न ह्यासट्याग # FORD_WINTER_FEST_#FORD NEPAL # LABIM MALL पोष्ट गरी दैनिक आकर्षक उपहार जित्न सक्नुुहुनेछ । यस प्रतिस्पर्धाको विजेताल फोर्डबाट आकर्षक उपहार एमआई फिट ब्याण्ड प्राप्त गर्नेछन् ।

नीलो सान्ता

सान्ताबारे तपाईको अवधारणा के छ ? सान्ता जसलाई रातो र सेतो पहिरणमा देख्छौँ । यस क्रिसमसमा फोर्डले फरक परिदृश्यमा प्रस्तुत गर्दैछन् ।

हाम्रो सान्ता फोर्डको नीलो पृष्ठभूमिमा राम्रो साजसज्जाका साथ प्रस्तुत हुँदै उपहार चकलेट बाँड्दै लविम मलको दर्शकमा प्रेमभाव व्यक्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित