शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

सिटिजन्स बैंक र महिला उद्यमी महासंघबीच अनुदानित महिला उद्यमी कर्जा प्रवाह गर्ने सम्झौता

दैनिक नेपाल २०७७ पुष ८ गते १६:३२

काठमाडौँ, ८ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महिला उद्यमी महासंघ, नेपालबीच अनुदानित महिला उद्यमी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात महिला उद्यमी महासंघ, नेपालको सिफारिसमा यस बैंकले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गरिने छ ।

महिला उद्यमशिलताको विकासको हेतु चाहिने आर्थिक आवश्यकताको मांगलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने विश्वास बैंकले लिएको छ । यस सम्झौताले महिला उद्यमीहरुको पहिचान गर्न बैंकले भोग्नु परेको कठिनाईलाई मत्थर पार्न सहज हुनेछ ।

राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न बैंकले देशै भरी छरिएका १०९ वटा शाखाहरुबाट विभिन्न शीर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब साढे ६ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कोरोनाभाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनिकायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकले विभिन्न योजनाहरु संचालनमा ल्याएको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित