३ कार्तिक २०८३, मंगलबार

‘कुनै निर्देशकले राम्रो काम गर्दैछ भने उनीहरुरूलाई भेट्न जान्छु’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता अनिल कपुरले बलिउडमा आफ्नो चार दशक पूरा गरेका छन् ।

६३ वर्ष पुगेका अनिल कपुरले पर्दामा विभिन्न प्रकारको भूमिका निभाएका छन् । पात्र जुनसुकै होस् अनिल कपुरले ती पात्रलाई आफ्नो अभिनयले पर्दामा जीवन्त पारेका छन् ।

फिल्म ‘वो सात दिन’का प्रेमप्रताप सिंह होस्, ‘राम लखन’ का लखन होस् वा ‘नायक’ फिल्मका शिवाजी राव, यस्ता थुप्रै पात्र छन् जुन चर्चित मात्रै भएनन्, आज पनि उत्तिकै याद गरिन्छ ।

यी पात्रमा यस्ता थुप्रै पात्र छन् जुन अभिनेता अनिल कपुरले मागेका पाएका छन् । ती भूमिकामा कुनै अन्य सुपरस्टारलाई अभिनय गराउने तयारी गरिएको थियो तर जब उनीहरुसँग कुरा बन्न सकेन तब अनिल आफैंले मागेर उक्त भूमिकामा अभिनय गरे ।

९० को दशकमा लगातार १३ हिट फिल्म दिने सदाबहार नायक अनिल कपुरले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘सफलताको अर्थ मेरा लागि सधैं एउटै रहेको छ । एउटा फिल्म हिट हुँदा मैले अर्को फिल्ममा काम पाएँ । फिल्म चल्छ वा चल्दैन, यो कुरामा म खासै सोच्दिनथेँ । म भोलिपल्टै आफ्नो अर्को फिल्मको सुटिङका लागि पुग्थेँ र जब मानिसहरुले मलाई ‘तिम्रो फिल्म त चलेन नि रु’ भनेर सोध्दा मैले ‘त्यो फिल्म नचलेर के भयो त, यहाँ हेर्नुहोस् न मैले कस्तो दृश्य दिएको छु, यो फिल्म पक्कै पनि चल्नेछ । हेर्नुहोस् न, फिल्म सुपरहिट हुनेछ’ भनेर जवाफ दिन्थेँ ।’

अनिल कपुर आफ्ना सफलताको दिन स्मरण गर्दै भन्छन्, ‘मलाई याद छैन कि मैले १३ वटा हिट फिल्म दिएँ । मलाई एउटै कुरा याद छ कि सन् १९७७ मा मैले पहिलो पटक क्यामराको सामना गरेको थिएँ । मेरो पहिलो फिल्म तेलुगु फिल्म थियो र अब हेर्दाहेर्दै ४० वर्ष भइसक्यो र यी ४० वर्षमा कुनै निर्देशकले राम्रो काम गर्दैछ भनेर थाहा पाउने बित्तिकै म उनीहरुलाई भेट्न जान्छु र काम माग्छु । मलाई लाज लाग्दैन ।’