शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

क्लब हिमालय नगरकोटमा क्रिशमस स्पेशल अफर

दैनिक नेपाल २०७७ पुष ७ गते १८:३६

काठमाडौँ, ७ पुस । नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोटले क्रिस्टमस एबोभ द क्लाउडस स्पेशल अफर ल्याएको छ ।

विशेषगरी नेपाली र नेपालमा बसिरहेका विदेशी पाहुनाहरुलाई लक्षित गर्दै नेपाली रु. १० हजार मै एक जोडीले क्लब हिमालय नगरकोटमा मनोरम बसाई गर्न सक्नेछन् ।

यस अफर अन्तर्गत ९ गते एक जोडी पाहुनाहरुको लागि ४ कोर्सका क्रिशमस स्पेशल डिनर, १० गतेको लागि ब्रेक फास्ट, हट चक्लेट र कुकिज समावेश गरिएको छ ।

सान्टाद्वारा स्पेशल गिफ्टको रुपमा थप एक रात फ्रिमा कोठा उपलब्ध हुनेछ जसमा खाना समावेश गरिएको छैन । यस योजनामा शर्तहरु भने लागू हुनेछ ।

उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको यस होटलले पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिँदै आएको छ ।

नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित क्लब हिमालय नगरकोटबाट विश्व कै उत्कृष्ट मौसमी वातावरणमा मनोरम हिमाली श्रृङखलाको अवलोकनको आनन्द लिन सकिन्छ ।

यस होटल २०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्व कै उत्कृष्ट मध्येको ४२ वर्षको ईतिहास भएको क्लब हिमालय एस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित