१० कार्तिक २०८३, मंगलबार

अस्थीरता पैदा गर्ने कदमलाई अस्वीकार गर्ने नेकपा बाराको निर्णय

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ७ पुस । नेकपा वाराको अनौपचारिक वैठक मदन आश्रित स्मृति भवन कलैयामा आज सम्पन्न भएको छ ।

बैठकले संसद विघटन गरेर अस्थीरता पैदा गर्ने प्रधानमन्त्री ओलीको कदमलाई अस्वीकार गरेको छ ।

साथै पार्टी एकतालाई मजवुत गर्दै कोरोना महामारीवाट पीडित नेपाली जनतारूको सेवा गर्नु पर्ने वेलामा सत्ता स्वार्थको लागी पार्टी विभाजन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र असान्दर्भिक भएको हुनाले नेकपा जील्ला कमिटी बारा एकजुट भएर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेको नेकपा बाराका नेता मनोज पौडेलले जानकारी दिए ।

साथै जील्लाका सवै नेता तथा कार्यकर्ताहरुमा कुनै पनि भ्रममा नपरीकन पार्टीमा यथावत कृयाशिल रहन आग्रह गरेको छ । बैठक नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।