शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

मेगा बैंकबाट सुनचाँदी महिला व्यवसायीहरुलाई बिना धितो ब्याज अनुदान कर्जा

दैनिक नेपाल २०७७ पुष ७ गते १६:२६

काठमाडौँ, ७ पुस । मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी व्यवसायी संघमा आवद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिना धितो ब्याज अनुदान कर्जा दिने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आवद्ध महिला उद्यमीहरुलाई १५ लाख रुपैयाँसम्म बिना धितो ब्याज अनुदान कर्जा दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउनेछन् ।

यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र उर्जा मिल्ने मेगा बैंकको विश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित