३ कार्तिक २०८३, मंगलबार

डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूतमा नियुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई मंगलबार राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को आधारमा डा. खतिवडालाई नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा अमेरिकाका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

गत असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्ने सिफारिस गरेको थियो ।