शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

९५ अंकले बढ्यो नेप्से, ६ अर्ब ७४ करोड ७ लाख बढीको कारोबार

दैनिक नेपाल २०७७ पुष ७ गते १६:०२

काठमाडौं, ७ पुस । आज मंगलबार सेयर बजार परिसूचक (नेप्से) ९५ दशमलव ४६ अंकले वृद्धि भएर २०६१ दशमलव ४१ विन्दुमा पुगेको छ ।

आज सेन्सेटिभ इन्डेक्स १५ दशमलव १८ अंकले बढेर ३९१ दशमलव ७४ विन्दुमा उक्लेको छ ।

२०५ वटा कम्पनीको १ करोड २७ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७४ करोड ७ लाख बढीको कारोबार भएको छ ।

मंगलबार सबै समूहको सूचक बढेको छ । बैंकिङ ७० दशमलव ९, व्यापार ७७ दशमलव ४८, होटल २० दशमलव ५६, विकास बैंक ६६ दशमलव १७, जलविद्युत् ८० दशमलव ६८, फाइनान्स २५ दशमलव ८ अंकले बढेको छ ।

त्यस्तै निर्जिवन बीमा कम्पनी ५२७ दशमलव ७७, उत्पादन ११३ दशमलव ०८, अन्य ७८ दशमलव ८, माइक्रोफाइनान्स १०७ दशमलव ०५, जीवन बीमा ९५० दशमलव ९५ र म्युचुअल फण्डको सूचक ० दशमलव ०८ अंकले बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित