३० आश्विन २०८३, शुक्रबार

३३ मुलकका प्रवासी एकता मञ्चका नेता प्रधानमन्त्री ओलीको निर्णय पक्षमा (विज्ञप्तिसहित)

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भएको संसद विघटनको प्रवासमा पनि स्वागत हुन थालेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रवासी नेपाली एकता मञ्चले प्रतिनिधिसभा विघटनको स्वागत गरेको हो । मंगलबार ३३ मुलुकका प्रवासी एकता मञ्चका नेताहरुले एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको निर्णयको स्वागत गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘तीन वर्ष पहिलाको आम निर्वाचनबाट नेपाली जनताले राजनीतिक स्थिरता, शान्ति, विकास र समृद्धिको लागि अत्याधिक बहुमतसहितको जनमत वर्तमान सरकारलाई जनमत दिएपनि नेकपाभित्रको अस्वाभाविक अन्तरपार्टी विग्रहले अत्याधिक जनमतद्वारा गठित सरकारलाई अनेकौं बाधा व्यवाधान खडा गरी हलचल गर्नै नदिने अवस्थामा पुर्याएको छ ।’

‘यतिमात्रै होइन, आगामी पार्टी महाधिवेशनबाट पार्टी अध्यक्ष छोड्ने र आगामी आम निर्वाचनबाट सरकारको नेतृत्वबाट विदा लिने लिखित प्रतिवद्धता गरेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दिनहुँ जसो अत्तो थापी सरकार र पार्टीलाई चल्नै नदिने अवस्थामा पुर्याएको सबैलाई जानकारी नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भर्खर मात्रै संवैधानिक परिषदको बैठकमा संवैधानिक दायित्वमा रहेका सभामुखलाई पार्टी गुटको निर्देशन अनुसार अनुपस्थित गराइ अडाइ वर्षदेखि रिक्त रहेका संवैधानिक निकायलाई निकम्मा बनाइ आड्ने काम गरेकोसमेत घाम जत्तिकै छर्लंङ छ ।’

देशमा यस्तो अवस्था आउनुमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालले लिनुपर्ने पनि मञ्चको विज्ञप्तिमा उल्लेख गरिएको छ ।