३ कार्तिक २०८३, मंगलबार

त्रिभुवन विश्वविद्यालयले गर्यो यो वर्षको हिउँदे विदा रद्द

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यो वर्षको हिउँदे विदा रद्द गरेको छ ।

कोभिड–१९ का कारण यो वर्षको हिउँदे विदा रद्द गरिएको त्रिविले जनाएको छ । कक्षा तथा परीक्षा सञ्चालनको अनिवार्यतालाई दृष्टिगत गरी त्रिविका शिक्षकहरूलाई दिइँदै आएको हिउँदे विदाको व्यवस्था यो वर्षका लागि रद्द गरिएको हो ।

त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । पठनपाठनलाई सुचारु गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय भएबमोजिम विदा रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।