
काठमाडौं, ७ पुस । अर्थशास्त्री डा. कल्याणराज शर्माले ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ प्राप्त गरेका छन् ।
चीनले यसै वर्षबाट प्रदान गर्न थालेको उक्त अवार्डका लागि विश्वभरबाट १० जनालाई छनोट गरी प्रदान गरिएको हो । कोभिड–१९ का कारण डा. शर्मा उपस्थित हुन नसकेपछि अवार्ड नेपाली राजदूतावास बेइजिङका द्वितीय सचिव श्रुती कडरियाले ग्रहण गरेको बताइएको छ ।
डा शर्माले लामो समयदेखि नेपाल–चीन सम्बन्ध, सिल्क रोड सहकार्य र दुई देशबीच विविध सहकार्यका क्षेत्रमा काम गर्दै आएका थिए ।















प्रतिक्रिया