शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

नबिल बैंकले ३५.२६ लाभांश दिने

दैनिक नेपाल २०७७ पुष ६ गते २२:०४


काठमाडौँ, ६ पुस । नबिल बैंक ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

यो हालसम्मकै वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा धेरै लाभांश घोषणा हो । २४ वटा वाणिज्य बैंकहरुले २० प्रतिशत लाभांश घोषणा गरेका छन् ।

बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

घोषणा गरिएको लाभांशमध्ये ३३.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश वितरण गरिने बैठकले जनाएको छ ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ छ । प्रस्तावित लाभांश वितरण गर्दा बैंकले कुल ३ अर्र्ब ५३ करोड रुपैयाँ बराबरको लाभांश दिनेछ । यो लाभांशपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ३४ करोड रुपैयाँ पुग्नेछ ।

यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित