१० कार्तिक २०८३, मंगलबार

ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सुनसरी, ६ पुस । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी शिवसताक्षी नगरपालिका २ बस्ने २८ वर्षीय डम्बर ताजपुरियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७६ फागुन ८ गतेको फैसला अनुसार कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिई फरार रहेका डम्बरलाई बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा अदालतले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश दिएको छ ।