शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा २०% छुट

दैनिक नेपाल २०७७ पुष ६ गते १९:०२

काठमाडौँ, ६ पुस । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम २०% सम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरे ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित