
काठमाडौं, ६ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय सांसदको बालुवाटारमा बोलाएको भेला सकिएको छ।
भेलाका क्रममा नेकपाका नाममा ओलीमाथि गरिएको कारबाही नमान्ने निर्णय भएको छ।
ओलीले केन्द्रीय कमिटीको छुट्टै बैठक बोलाउने तयारी गरेको सांसद तथा केन्द्रीय सदस्य निरु पालले जानकारी दिइन्। दुई अध्यक्षले संयुक्त रुपमा बैठक डाकेपछि सहभागी बन्ने तर भोलीका लागि बोलाइएको बैठकमा ओली पक्षका केन्द्रीय सदस्य नजाने भएका छन्।
‘एकताका बेला पूर्वएमाले र पूर्वमाओवादीबीच ६०–४० को भागवन्डा भएको र सोहीअनुसार सहमतिका आधारमा बैठक चलाउने, निर्णय लिने भएका कारण बहुमतका नाममा गरिएको निर्णय कारबाहीको हल्लालाई नस्वीकार्ने भनिएको छ’, पालले सुनाइन्।















प्रतिक्रिया