शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अमेरिकामा बस्ने डा.परियारद्वारा आफू पढेको बिद्यालयका बिद्यार्थीलाई पोशाक वितरण

दैनिक नेपाल २०७७ पुष ६ गते ८:१७

विजय थापा

डिसी महानगर क्षेत्र । हाल अमेरिकाको न्यूजर्सी राज्यमा बस्दै आएकी सामाजिक अभियन्ता डा.विष्णुमाया परियारले आफ्नो जन्म दिनको अवसरमा आफू पढेको बिद्यालयका बिद्यार्थीलाई पोशाक वितरण गरेकी छिन ।

पोशाक वितरण गरेपछि बिद्यालयका प्रधानाध्यापक बिएन श्रेष्ठले सामाजिक अभियन्ता डा.परियारलाई धन्यबाद दिएका छन । १ सय ५० जना दलित, विपन्न तथा जेहन्दार विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

डा.परियारकी आमा कनमाया परियारले विद्यार्थीलाई पोशाक वितरण गरेकी थिइन ।

डा.परियारको सहयोगमा गोरखाको शहीद लखन गाउँपालिका–४, कोटगउँस्थित श्री सिंजाली माध्यमिक विद्यालयमा अध्ययनरत बिधार्थीलाई बिद्यालय पोशाक वितरण कार्यक्रमको आयोजना गरिएको छ ।

बिद्यालयमा डा.परियार कक्षा ७ सम्म अध्ययन गरेकी थिइन् । उनी कक्षाकी प्रथम बिधार्थी समेत रहेकी थिइन् ।

डा.परियारका बुवा लुगा पनि सिलाउने भएकाले बिद्यालयका बिधार्थीका पोशाक सिलाउन ल्याएका कपडाका अतिरिक्त भएका टुक्राटुक्रीलाई जोडेर आफ्नी छोरी बिष्णुमायालाई पोशाक बनाइदिने गरेको उनले स्मरण गरेकी छिन ।

आफू अभावको परिथितिमा गुज्रिएकोले यस्तो अवस्थामा अरु कसैले पनि सामना गर्नु नपरोस भनि आफ्नो जन्म दिनमा पोशाक वितरण गर्न पाउदा हर्षको आँशु आएको बताइन ।

डा.परियार एडवनकी संस्थापक अध्यक्ष पनि हुन । एड्वनले उक्त जिल्लामा २०औँ हजार बिधार्थीलाई यस्ता सहयोग गर्दै आएको छ ।

उनी न्यूजर्सीको जर्सी शहरकी नगर प्रमुखकी सल्लाहकार पनि हुन् । डा.परियार महिला सामाजिक कार्यकर्ता, अन्याय र अत्यचार, विभेदविरुद्ध आवाज उठाएर संयुक्त राष्ट्र संघसम्म आवाज पुर्याउने एक सशक्त महिला अधिकारकर्मी पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित