शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

लिस्बनमा सापकोटालाई चार विधामा अवार्ड

दैनिक नेपाल २०७७ पुष ५ गते ८:००

पोर्चुगल । पोर्चुगलको लिस्बनस्थित बागलुङका टंक सापकोटाद्वारा सञ्चालित इटालियन रेस्टुरेन्ट र्फोनो दि ओरोले चार विधामा अवार्ड प्राप्त गरेको छ ।

ओरोले ‘उत्कृष्ट पिज्जा रेस्टुरेन्ट, पोर्चुगलको उत्कृष्ट पिज्जेरिया, इटाली बाहिरको उत्कृष्ट १० नापोलितान पिज्जेरिया र उत्कृष्ट बियर बिक्री गर्ने पिज्जेरियाको अवार्ड जितेको सञ्चालक सापकोटाले बताए ।

यो प्रतियोगिता युरोपमा प्रत्येक वर्ष हुने गर्छ । उनी २५ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित