शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपाली शेफ सन्तोष शाह मास्टरशेफ युकेको फाइनलमा, आजै अन्तिम निर्णय हुँदै

दैनिक नेपाल २०७७ पुष २ गते १८:५१

काठमाडौँ, २ पुस । नेपाली शेफ सन्तोष शाह बेलायतमा प्रसारण भैरहेको पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा मास्टरशेफ यूकेको फाइनलमा पुग्न सफल भएका छन् ।

आजै राती हुने अन्तिम प्रतियोगितामा उनको सफलताका लागि संसारभरका नेपालीहरुले शुभेच्छा प्रदान गरिरहेका छन् ।

यता नेपालमा शाहकी आमा सुमारीदेवी शाह छोराको सफलता र चर्चा सुनेर अहिले खुशी छिन् ।

साहले सानैमा बावु गुमाएका थिए । सन्तोषले आफूले प्राप्त गरेको सफलतामा आमाको ठूलो हात रहेको र सफलताको श्रेय आमालाई जाने बताउँछन् । र परिकार बनाउँदा आमालाई सम्झेर बनाएको बताउने गर्छन् ।

सन्तोषको आमाको ईच्छा भने छोराको विवाह हेर्ने रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित