
काठमाडौँ, २ पुस । संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ७ दिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले भने, ‘उखु कृषकहरुको भुक्तानी ७ दिनभित्र उद्योग मन्त्रालयले उखु कृषकहरुलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरण सहित अर्को हप्ता समितिलाई जानकारी गराउने ।’
त्यसैगरी, बैठकले देशभरका श्रमिकहरुले पारिश्रमिक पाए नपाएको सम्बन्धमा अनुगमन र कारवाही गर्न पनि निर्देशन दिएको छ । समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सम्पूर्ण विवरणसहित १५ दिन भित्रमा समितिमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।















प्रतिक्रिया