शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

माछापुच्छ्रे बैंकले १० प्रतिशत बोनस दिने, बिहीबारबाटै लाभांश वितरण सुरु

दैनिक नेपाल २०७७ पुष २ गते १७:०६


काठमाडौँ, २ पुस । माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँं वार्षिक साधारण सभा पुस २ गते बिहीबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये, चुक्ता पूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, साधारणसभाबाट माछापुच्छ्रे बैंक लि. सर्वसाधारण सेयर धनी समुहको तर्फबाट जय मुकुन्द खनाल, विश्वप्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।

साथै बैंकले २२ औँ साधारण सभा समाप्त गरेसँगै आजैबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रति शेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ७० करोड रुपैयाँ संचित छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखारहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै, बंैकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित