३० आश्विन २०८३, शुक्रबार

कुवेतमा हृदयघातबाट साउदको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुवेत । कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु भएको छ । डडेलधुरा, अजयमेरु गाउँपालिका वडा न. १ समैजी घर भएका डम्मर बहादुर साउदको सोमबार मृत्यु भएको हो ।

कुवेतको अल जजिरा कम्पनीमा कार्यरत साउदको फर्वानिया अस्पतालमा मृत्यु भएको छ ।

रोजगारीको सिलसिलामा दश वर्ष पहिले कुवेत आएका उनि अल जजिरा कम्पनीमा सवारी चालकको रुपमा काम गर्दै आएका थिए । मृतकको घरमा श्रीमती, एक छोरा र एक छोरी छन् ।

मृतकको शव नेपाल पठाउनको लागि कानूनी प्रक्रिया अगाडि बढाई सकिएको कुवेतस्थित नेपाली राजदूतावास जनाएको छ ।