७ कार्तिक २०८३, शनिबार

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजदरमा सहुलियत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । महालक्ष्मी विकास बैंकले कोभिड १९ का कारण समस्यामा परेका ऋणीहरुलाई सहुलियत प्रदान गर्ने भएको छ ।

आफ्ना ग्राहकहरुको पेशा, व्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर कर्जा कार्यविधि अन्र्तगत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको ब्याज दर घटाई ५ प्रतिशत कायम गर्ने भएको हो ।

यसरी पुनर कर्जा सुविधाका लागि कोभिड १९ को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका विपन्न वर्र्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ५ लाखभन्दा बढी रहेको छ ।