१० कार्तिक २०८३, मंगलबार

जीवित सुनगोहोरो प्रजाति र संरक्षित चितुवाको टाउकोसहित दुई जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १ पुस । टोखा नगरपालिका २ चण्डेश्वरीबाट संरक्षित घस्रने जातको ८ वटा जिवित सुनगोहोरो र १ थान संरक्षित वन्यजन्तु चितुवाको टाउको (आखेटोपहार) सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ कानेपोखरी नगरपालिका १ बस्ने ४१ वर्षीय भेष बहादुर थापा र तेह्रथुम लालिगुराँस नगरपालिका ४ बस्ने ४६ वर्षीय डिल्लीमान पौडेल रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार एवं जिवित सुनगोहोरो (सरिसृप) प्रजाति अवैध रुपमा ओसारपोसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिवित सुनगोहोरो प्रजातीको उद्दार गरी वन्यजन्तुको आखेटोपहारसहित उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बुढानिलकण्ठ काठमाडौंमा बुझाईएको उक्त ब्यूरोले जनाएको छ ।