
काठमाडौँ, १ पुस । सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले बोलाएको पदाधिकारीको आकस्मिक बैठकले अध्यादेश फिर्ता गुर्नपर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेकोे ठहर बैठकले गर्दै संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको समेत जनाएकाे छ ।
संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेश पश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई सो मान्य नहुने चेतावनी दिंदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ ।
त्यस्तै, बैठकले संघीय संसदको अधिवेशन अविलम्ब बोलाउन बैठकले माग गरेको छ ।
संवैधानिक परिषद् सम्बन्धि जारी अध्यादेश एवं अन्य समसामयिक राजनैतिक विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठक पुस ३ गते बिहान ११.०० बजे बोलाउने निर्णय बैठकले गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।















प्रतिक्रिया