१० कार्तिक २०८३, मंगलबार

दुवैको राजनीतिक प्रतिवेदन फिर्ता लिइ एउटै प्रस्ताव तयार पार्न ओली-प्रचण्ड सहमत

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । सत्तारुढ नेकपाको विवाद समाधानउन्मुख देखिएको छ ।

पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई लगाएको आरोप समेटिएको प्रतिवेदन फिर्ता लिने सहमति भएको छ ।

प्रधानमन्त्री निकट स्रोतले दावी गरेअनुसार ओली र प्रचण्डबीच भदौ २६ यताका सबै निर्णय फिर्ता लिने सहमति भएको हो ।

मंगलबार मात्रै सरकारले छलफल नगरी ल्याएको अध्यादेश फिर्ता लिन सहमत भएसँगै नेकपाको विवाद समाधान तिर अघि बढेको आंकलन हुन थालेको छ ।

वुधबारको स्थायी कमिटी बैठक अघि दुई अध्यक्षबीच दुई पटक गरेर छलफल भएको थियो । छलफलमा अध्यादेश फिर्ता लिने, संसदको विशेष अधिवेशनका लागि पुर्याइएको हस्ताक्षर फिर्ता लिनेसहित सचिवालयमा पेश भएको एक अर्काको राजनीतिक प्रतिवेदन पनि फिर्ता लिने सहमति भएको स्रोतले दावी गरेको छ ।

उनीहरुबीच एक अर्काको आरोपपत्र फिर्ता लिएर एउटै प्रस्ताव तयार पार्ने लगायतका सहमति भएको जनाइएको छ ।

यद्यपि यो सहमति आधिकारिक रुपमा भने प्रमाणित भएको छैन ।