
काठमाडौँ, १ पुस । कास्कीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत २ जना पुरुष संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जनाएका छन् ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका १२ का ८४ वर्षीय वृद्ध र पोखरा १ का ७६ वर्षीय वृद्ध रहेका छन् ।
मंसिर २३ गते संक्रमण पुष्टि भएका ८४ वर्षीय वृद्धको उपचारको क्रममा वुधबार बिहान पौने ६ बजे मृत्यु भएको थियो ।
त्यस्तै, मंसिर २५ गते संक्रमण भेटिएका ७६ वर्षीय पुरुषको मंगलबार राति १०ः२० बजे मृत्यु भएको शर्माले बताए । शर्माका अनुसार उनी मधुमेहका साथै मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए ।
यससँगै गण्डकी प्रदेशमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ सय ८६ पुगेको छ ।















प्रतिक्रिया