१० कार्तिक २०८३, मंगलबार

सुर्खेतमा २ किलो ७ सय ग्राम अफिमसहित एक पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सुर्खेत, १ पुस । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागुऔषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले उनलाई मङ्गलबार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

“विशेष सूचनाका आधारमा त्यहाँ पुगेको टोलीले उनलाई खानतलासी गरेको थियो”, सहप्रवक्ता श्रेष्ठले भने, “खानतलासी गर्दा दुई किलो ७०० ग्राम लागुऔषध भेटिएपछि कुसारीलाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएका कुसारीको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस