७ कार्तिक २०८३, शनिबार

प्रभु बैंकको नयाँ शाखा कार्यालय मुस्ताङको कागवेनीमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ मंसिर । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा सञ्चालनमा ल्याएको छ ।

यससँगै बैंकको शाखा संख्या २१२ पुगेको छ । बैंकको कागवेनी शाखा कार्यालयको उद्घाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले विहान १० बजे गरेका हुन् ।

बैंकको कागवेनीमा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी फेन्चोक छेप्तेन गुरुङले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यतm गरे ।

बैंकको कागवेनी शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कागवेनी शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।