बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

तमुधिं यूकेको नेतृत्वमा हित काजी गुरुङसहित सिंगो समिति निर्विरोध

दैनिक नेपाल २०७७ मंसिर २९ गते १४:४३

लण्डन, २९ मंसिर । तमुधिं यूकेको नेतृत्वमा हित काजी गुरुङ निर्वाचित भएका छन् ।

बेलायतमा सबैभन्दा ठूलो नेपाली संस्थाको रुपमा चिनिने तमुधिंको सबै कार्यसमिति निर्विरोध भएको हो ।

संस्थाको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका गुरुङ आउँदो कार्यकालका लागि निर्विरोध चुनिएका हुन् ।

उनीसहित २९ जनाको सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो । त्यस्तै, तीन उपाध्यक्षमा हरि गुरुङ, जुमकाजी गुरुङ र तुलाराम गुरुङ रहेका छन् ।

त्यस्तै, नयाँ कार्यसमितिको महासचिवमा परशुराम गुरुङ निर्विरोध भएका छन् । वर्तमान कार्यसमितिमा सचिव रहेका उनी लमजुङ समाज यूकेका पनि सचिव हुन् । तमुधिं यूकेको कोषाध्यक्षमा व्यवसायी कमल कोने गुरुङ आएका छन् । उनी अहिलेको कार्यसमितिका सह कोषाध्यक्ष हुन् ।

नयाँ कार्यसमितिको खेलकुद संयोजक क्या देव घले छन् । उनले विगत तीनकार्यकाल उक्त पदमा रहेका क्या पिताम्बर गुरुङलाई प्रतिस्थापन गर्नेछन् ।

तमुधिं यूकेको ११ औँ महाधिवेशन यही डिसेम्बर २० तारिख ‘भर्चुअल’ रुपमै हुँदैछ । त्यही अधिवेशनले औपचारिक रुपमा नयाँ कार्यसमितिलाई अनुमोदन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित