लसएञ्जलस । अमेरिकी युवती इलब्लाकीले गायिका तथा अभिनेत्री माइली साइरससँग डेटा जाने अवसर पाएकी छिन् । उनले सामाजिक सञ्जालमा भिडियो ट्याग गरेकै कारण यो अवसर पाएकी हुन् ।
अमेरिकी फेसन म्यागेजिन कस्मोपोलिटन अनुसार, इलब्लाकी नाम गरेकी टिकटक प्रयोगकर्ताले चर्चित हलिउड गायिका तथा अभिनेत्री माइली साइरससँग डेट जाने अवसार पाएकी छिन् । यो अवसर उनले माइली साइरसलाई आफ्नो टिकटक भिडियोमा ट्याग गरेकै भरमा पाएकी हुन् ।
ती युवतीले माइली साइरसको ‘प्लास्टिक हर्ट’ गीतमा नाचेको टिकटक भिडिओ बनाएर उनलाई ट्याग गरेकी थिइन् । भिडियोको तल क्याप्सनमा ‘माइली साइरसले आफ्नो भिडिओमा कमेन्ट गरे उनले भनेकै ट्याटु’ बनाउने लेखेकी थिइन् ।
माइलीले ती युवतीको भिडियोमा कमेन्ट त गरिन् । कुनै ट्याटु बनाउन नभनेर डेटमा जाने प्रस्ताव राखिन् । उनले समय र स्थान दिए आफू डेटका लागि आउने बताएको कस्मोपोलिटनले जनाएको छ । माइलीले इलब्लाकी बाहेक आफूलाई ट्याग गरिएका अरु थुप्रै टिकटक भिडियोमा पनि कमेन्ट गरिरहेकी छिन् ।
हालै टिकटक प्रयोगकर्ताबीच यी चर्चित गायिकाले आफ्ना भिडिओमा कमेन्ट गरिन् भनेजस्तो काम पनि गर्ने भनेर ट्रेण्ड सुरु भएको हो । माइली पनि यसमा उत्तिकै रमाइरहेकी छिन् ।
माइलीले लकडाउनका बेला सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग जोडिन पाउँदा उनी निकै खुसी भएको व्यक्त गरेकी थिइन् ।
एक हप्ताअघि एक जोडीले पनि उसैगरी टिकटक भिडिओ बनाएका थिए । उनीहरूले पनि यदि माइली साइरसले आफ्नो भिडिओमा कमेन्ट गरिन् भने बिहे गर्ने बताएका थिए । नभन्दै माइलीले ती जोडीको भिडियोमा कमेन्ट गरिन् र उनीहरूलाई बधाइ पनि दिएकी थिइन् । एजेन्सी















प्रतिक्रिया