३ कार्तिक २०८३, मंगलबार

शेरबहादुर देउवाका कारण संवैधानिक परिषद्को बैठक स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेर सहमतिमै बोलाइएको संवैधानिक परिषद्को बैठक एकाएक कोरम नपुगेर स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि बोलाएको उक्त बैठक कांग्रेस सभापति देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित गर्नु परेको हो ।

आजको उक्त बैठक रोकिनुको मुख्य कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किरहेको विवाद नै कारक बनेको छ ।

पार्टीभित्र ओलीइतरका नेताहरुले देउवा र सापकोटालाई परिषद्को बैठकमा नजान तीव्र दबाब दिएका कारण उनीहरु बैठकमा सहभागी भएनन् । स्रोतका अनुसार पार्टीको कतिपय बैठक ‘बहिष्कार’ गरेका ओलीलाई परिषद्को बैठक राख्न नसक्ने देखाउनका लागि यस्तो खेल भएको बताइएको छ ।

बालुवाटारमा २ दिनअघि प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति देउवासँग सल्लाह गरेर बैठक राख्न सहमति जनाएका थिए । तर, एकाएक देउवाले मूड फेरेपछि बैठक नै स्थगित भएको छ । सत्तारुढ दलका नेताहरुको व्यक्तिगत स्वार्थका लागि देउवाले परिषद्को बैठकलाई बन्धक बनाएको भन्दै सामाजिक सञ्जालहरुमा उनको आलोचना समेत शुरु भएको छ ।

अहिले नेकपाभित्र चरम विवाद छ । ओलीले स्थायी कमिटी बैठक बहिष्कार गररहेकाले प्रचण्ड निकट रहेका सभामुख अग्नि सापकोटा पनि उनले बोलाएको बैठकमा नगएको बताइएको छ ।