३ कार्तिक २०८३, मंगलबार

यी हुन् सेलेना गोमेजका नयाँ प्रेमी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेजका लागि सन् २०२० विशेष बनेको छ । हालै रिलिज नयाँ एल्बम ‘रेअ’को सफलतापछि उनले आफ्नै मेकअप लाइन ‘रेअर ब्यूटी’ सार्वजनिक गरेकी छिन् ।

अमेरिकी फेसन म्यागजिन कस्मोपोलिटन अनुसार, सेलेनाले लकडाउनको अविधिमा एचबिओ च्यालनमा आफ्नै कुकिङ सो पनि सुरु गरिसकेकी छिन् । संगीत र अरु सौखबाहेक यो वर्ष उनको प्रेम सम्बन्धले पनि नयाँ मोड लिन लागेको चर्चा भइरहेको छ ।

सेलेना गोमेजको नाम अमेरिकी बास्केटबल खेलाडी जिम्मी बटलरसँग जोडिएको छ । सन् २०१८ मा पप गायक जस्टिन बिबरसँग ब्रेकअपपछि उनी सिंगल थिइन् । करिब दुई वर्ष कोहीसँग सम्बन्ध नरहेर उनले केवल आफू र आफ्नो काममा केन्द्रित थिइन् ।

सेलेना फेरि आफ्नो प्रेम जीवनलाई अघि बढाउने सुरसारमा देखिन्छिन् । सेलेना र जिम्मी एकआपससँग समय बिताइरहेका छन् । उनीहरू डेट गरिरहेको हुनसक्ने अनुमान गर्ने आधार उनीहरूको नियमित भेटले दिएको छ ।

सेलेनाले आफू सम्बन्ध भएको वा नभएकोबारे केही बोलेकी छैनन् । अझै पनि उनले आफूलाई ‘सिंगल’ बताउँदै आएकी छिन् । सन् २०१७ मा भएको किड्नी ट्रान्सप्लान्टपछि सेलेनाको स्वास्थ्य अवस्था कमजोर भएको थियो ।

त्यसयता उनी आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई बढी ध्यान दिइरहेकी थिइन् । लकडाउनमा पनि उनले आफ्नो परिवार र नजिकका साथीभाइलाई मात्र समय दिएको कस्मोपोलिटनले उल्लेख गरेको छ । बिस्तारै बाहिरी व्यक्तिसँग नजिकिने कोसिसमा छिन् । उनका फ्यानहरू यी दुई जोडीको भविष्यबारे उत्साहित छन् । एजेन्सी